काठमाडौं– बेलायतले युक्रेनमा रुसले झण्डै एक तिहाइ सैनिक गुमाएको जनाएको छ । बेलायती सैनिक जासुसी निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी आक्रमणको गति सुस्ताएको छ भने रुसी फौज निर्धारित कार्यतालिकाभन्दा धेरै पछाडि छन् । ‘प्रारम्भिक रुपमा ससाना प्रगति गरेपनि पछिल्लो महिनामा रुसले ठूलो भूभागमा जित हासिल गर्न सकेको […]