निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो । दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो । सोही कार्यक्रममा पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कार समेत प्रदान गरिनेछ । आयोजना क्वालिटी फिल्मस् प्रा.लिले एक विज्ञप्ती जारी गर्दै अवार्ड तथा सम्मानको जानकारी गराएको हो

सम्बन्धित सामग्री

तुलसी घिमिरेलाई लाइफटाइम गिरीलाई कला पत्रकारिता पुरस्कार

फिल्मकर्मी तुलसी घिमिरे लाइफटाइम अचिभमेन्ट अवार्ड र रंग पत्रकार तुलसी गिरी ‘भावुक’ कला पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। क्वालिटी फिल्म्सले हालै राजधानीमा आयोजना गरेको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा घिमिरेलाई १५ हजार १५ रुपैयाँसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड र गिरीलाई ११ हजार एक सय ११ रुपैयाँसहित कला पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो। कार्यक्रममा फिल्मतर्फ लभ […]