‘मेरो देश मेरै उत्पादन’अन्तर्गत स्टार्टअप उद्यमी हाटबजार

विराटनगर । नयाँ पुस्तालाई उद्योग र व्यावसायतर्फ आकर्षित गर्न उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्ट अप इन्नोभेशन कार्यक्रममा छनोट भएका स्टार्टअप उद्यमीहरूले उत्पादन गरेको सामग्रीको प्रदर्शनी सम्पन्न भएको छ । पुस १४ गते बिहिबार आयोजित स्टार्टअप उद्यमी हाटबजारमा १८ स्टार्टअपका स्टल राखिएका थिए । नवीनतम व्यावसायिक ज्ञान तथा शीपको प्रदर्शन र प्रवद्र्धनको लक्ष्यसहित बिहीवार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्नेगरी आयोजित हाटबजारमा प्रदेश १ का विभिन्न जिल्लाका उद्यमीहरूले स्टल राखेर आआप्mनो उत्पादन प्रदर्शन गरे । नव उद्यमीहरूलाई बजारसँग जोडेर उनीहरूलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षका बारेमा अवगत गराउन हाटबजारको आयोजना गरिएको स्टार्टअप एण्ड इन्नोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए । उद्योग संगठनले छनोटमा परेका विभिन्न जिल्लाका उद्यमीहरूलाई प्रत्यक्ष रूपमा बजारसँग जोडिदिने प्रयास स्वरूप पहिलोपटक हाटबजारको आयोजना गरेको थियो । हाटबजारमा मौरीपालन, माछापालन, जडीबुटी तथा अर्गानिक उत्पादनका साथै प्रविधिजन्य वस्तु तथा सेवाका स्टलहरू राखिएको थियो । बजारमा उपभोक्ताको माग र रुचिबारे जानकारी लिन तथा उपभोक्ताहरूसँग प्रत्यक्ष रूपमा जोडिन स्टार्टअप उद्यमी हाटबजारले महत्त्वपूर्ण भूमिका खेलेको सहभागी उद्यमीहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्टअप उद्यमी हाटबजारमा बिहीवार मेन्टरसिपमा रहेको १८ जना नवउद्यमीहरूले सहभागिता जनाएका थिए । स्टार्टअप एन्ड इन्नोभेशन कार्यक्रमका लागि गत साउनमा उद्योग संगठन मोरङले दरखास्त आ≈वान गरेको थियो । यसमा ४८ जनाको आवेदन परेको थियो । आवेदकहरूमध्येबाट २५ जना संगठनको छनोटमा परेका थिए । संगठनले उनीहरूका लागि असोज १५ देखि १८ गतेसम्मका लागि ४ दिने ‘बुट क्याम्प’को आयोजना गरेको थियो । बुट क्याम्पमा अन्तर प्रेरणा प्रालिले उनीहरूलाई प्राविधिक प्रशिक्षण तथा परामर्श प्रदान गरेको थियो । उद्योग संगठनले उनीहरूलाई आवश्यक सल्लाह, सुझाव र परामर्श प्रदान गन विभिन्न क्षेत्रका १८ जना विज्ञहरूलाई मेन्टरसमेत नियुक्त गरेको थियो । बिहीवारको कार्यक्रममा विज्ञहरूको मेन्टरसिपमा रहेका २५ जनामध्ये १८ जनाले आआप्mनो उत्पादनकोे स्टल राखेका थिए । केही प्राविधिक गडबडी लगायतका कारण बुट क्याम्पका बाँकी ७ जना हाटबजारमा सहभागी हुन सकेनन् । बिहीवारको बुट क्याम्पमा मोरङको उर्लाबारी–२ का कुबेर ढुंगानाले ड्रमभित्र माछा पालन गर्न सकिने बायो फ्लक प्रविधि र सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पाले हाइल्यान्ड अग्र्यानिक कृषि तथा जडीबुटी फार्म नामक कम्पनीद्वारा उत्पादित जडीबुटी प्रदर्शन गरे । यस्तै स्टार्टअप उद्यमी हाटबजारमा विराटनगरका प्रवीण साहले डायल सेवाको स्टल राखेका थिए । उनले उपभोक्तालाई आवश्यकताअनुसारको सेवा प्रवाहका निम्ति उनीहरूलाई डिजिटल प्लाटफर्ममार्पmत बजारसँग जोड्न डायल सेवा सञ्चालनमा ल्याइएको बताए । झापाको बुद्धशान्ति–३ बुधवारेकी तारादेवी अधिकारीले शीतला झोला उद्योगमार्पmत उत्पादन गर्दै आएको विभिन्न प्रकारका झोलाहरू प्रदर्शन गरिन् । उनीले विशेष गरी प्लास्टिकलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ घरायसी तथा व्यावसयिक प्रयोजनका झोलाहरू उत्पादन गर्दै आएको जानकारी दिइन् । बिहीवार दिनको १ बजेदेखि साँझको ५ बजेसम्म सञ्चालन हाटबजारमा विभिन्न बैंक तथा वित्तीय संस्था, व्यावसायिक परामर्शदाता, उद्योग संगठनको बिजनेश क्लिनिक र स्किल डेभलपमेन्ट क्लिनिकलगायत स्टलहरूसमेत राखिएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री समेतले स्टार्टअप उद्यमी हाटबजारको अवलोकन गरेका थिए ।

सम्बन्धित सामग्री

स्टार्टअप उद्यमी हाटबजार सम्पन्न, प्रदर्शननीमा १८ ओटा स्टार्टअपका स्टल

पुस १७, विराटनगर । नयाँ पुस्तालाई उद्योग र व्यवसायतर्फ आकर्षित गर्न उद्योग संगठन मोरङले आयोजना गरेको स्टार्ट अप इनोभेसन कार्यक्रममा छनौट भएका स्टार्टअप उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रर्दशनी सम्पन्न भएको छ ।  नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित पुस १४ गतेदेखि आयोजित स्टार्टअप उद्यमी हाटबजारमा १८ ओटा स्टार्टअपका स्टल राखिएका थिए  ।  ‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि आयोजित हाटबजारमा प्रदेश १ नं का विभिन्न जिल्लाका उद्यमीहरुले स्टल राखेर आ–आफ्नो उत्पादन प्रदर्शन गरे । नव उद्यमीहरुलाई बजारसँग जोडेर उनीहरुलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षका बारेमा अवगत गराउन हाटबजारको आयोजना गरिएको स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए । उद्योग संगठनले छनौटमा परेका विभिन्न जिल्लाका उद्यमीहरुलाई प्रत्यक्ष रुपमा बजारसँग जोडिदिने प्रयास स्वरुप पहिलोपटक हाटबजारको आयोजना गरेको थियो । हाटबजारमा मौरीपालन, माछापालन, जडीबुटी तथा अर्गानिक उत्पादनका साथै प्रविधिजन्य वस्तु तथा सेवाका स्टलहरु राखिएको थियो । बजारमा उपभोक्ताको माग र रुचिबारे जानकारी लिन तथा उपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा जोडिन स्र्टाटअप उद्यमी हाटबजारले महत्वपुर्ण भुमिका खेलेको सहभागी उद्यमीहरुले बताएका छन् । स्टार्टअप उद्यमी हाटबजारमा मेन्टरसिपमा रहेका १८ जना नव–उद्यमीहरुले सहभागिता जनाएका थिए । स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका लागि गत साउनमा उद्योग संगठन मोरङले दरखास्त आह्वान गरेको थियो । जसमा ४८ जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट २५ जना संगठनको छनौटमा परेका थिए । संगठनले उनीहरुका लागि असोज १५ देखि १८ गतेसम्मका लागि ४ दिने ‘बुट क्याम्प’ को आयोजना गरेको थियो । बुट क्याम्पमा अन्तर प्रेरणा प्रा.लि.ले उनीहरुलाई प्राविधिक प्रशिक्षण तथा परामर्श प्रदान गरेको थियो । उद्योग संगठनले उनीहरुलाई आवश्यक सल्लाह, सुझाव र परामर्श प्रदान गन विभिन्न क्षेत्रका १८ जना विज्ञहरुलाई मेन्टरसमेत नियुक्त गरेको थियो ।  बिहीवारको कार्यक्रममा विज्ञहरुको मेन्टरसिपमा रहेका २५ जनामध्ये सहभागीमध्ये १८ जनाले आ–आफ्नो उत्पादनकोे स्टल राखेका थिए । केही प्राविधिक गडबडीलगायतका कारण बुट क्याम्पका बाँकी सात जना हाटबजारमा सहभागी हुन सकेनन् । बिहीवारको बुट क्याम्पमा मोरङको उर्लाबारी–२ का कुबेर ढुंगानाले ड्रमभित्र माछा पालन गर्न सकिने बायो फ्लक प्रविधि र सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पाले हाईल्यान्ड अर्गानिक कृषि तथा जडीबुटी फार्म नामक कम्पनीद्वारा उत्पादित जडीबुटी प्रर्दशन गरेका थिए । यस्तै स्टार्टअप उद्यमी हाटबजारमा विराटनगरका प्रविन साहले डायल सेवाको स्टल राखेका थिए । उनले उपभोक्तालाई आवश्यकता अनुसारको सेवा प्रवाहका निम्त्ति उनीहरुलाई डिजिटल प्लाटफर्म मार्फत बजारसँग जोड्न डायल सेवा सञ्चालनमा ल्याइएको बताए । झापाको बुद्धशान्ति–३ बुधवारेकी तारादेवी अधिकारीले शीतला झोला उद्योगमार्फत उत्पादन गर्दै आएको विभिन्न प्रकारका झोलाहरु प्रर्दशन गरिन् ।  उनले विशेष गरि प्लास्टिकलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ घरायसी तथा व्यावसयिक प्रयोजनका झोलाहरु उत्पादन गर्दै आएको जानकारी दिइन् । हाटबजारमा विभिन्न बैंक तथा वित्तीय संस्था, व्यावसायिक परामर्शदाता, उद्योग संगठनको बिजनेश क्लिनिक र स्किल डेभलपमेन्ट क्लिनिक लगायतका स्टलहरु समेत राखिएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री समेतले स्टार्टअप उद्यमी हाटबजारको अवलोकन गरेका थिए ।