चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै

–नारायण अधिकारी कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा. भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ । अस्प

सम्बन्धित सामग्री

बागमतीमा कोभिडका बिरामी बढ्दै

ललितपुर– मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।  बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ […]

बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै

मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।  बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए ।। उनले भने, “यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका छ ।”प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथ

बागमती प्रदेशमा सङ्क्रमित बढ्दै

ललितपुर : मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ। मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन्।बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए। उनले भने, “यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका छ।”प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा

बङ्गलादेशबाट ल्याइयो संक्रमितको उपचारका लागि ‘रेम्डेसिभिर’

सरकारले कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ भित्र्याएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सोमबार आइपुग्नु पर्ने सात हजार डोज औषधि मंगलबार नेपाल आइपुगेको र बाँकी बुधबार आइपुग्ने जानकारी दिनुभएको छ । बङ्गलादेशबाट झिकाइएको ‘रेम्डेसिभिर’ औषधि कोभिडका बिरामी बढ्दै गएपछि माग पनि बढ्दै गएको र सोही माग अनुसार नेपाल …

कोरोना संक्रमितले भरिंदै चितवनका अस्पताल

१७, वैशाख, चितवन । चितवनका अस्पतालहरूमा सिकिस्त कोरोना संक्रमितहरूको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ । चितवनको सबभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार, कोभिडका लागि छुट्याएका बेडहरू गम्भीर बिरामीहरूले भरिएका छन् । ६०० बेडको भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि १५० बेड छुट्याइएको छ । कोभिडका बिरामी बढ्दै जाँदा प्रसूति, […]

झापाका ४ ओटा अस्पतालद्वारा अक्सिजन प्लान्ट निर्माण शुरु

वैशाख ११, झापा । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार ओटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।            मेची प्रादेशिक अस्पतालमा वैशाख महीनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको  ७५ लाख रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ । विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।            मनमोहन सामुदायिक अस्पतालले विगत चार महप्नादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको बताएको छ । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ ओटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए। चार महीना अघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरीद गर्नुपर्ने झन्झटबाट अस्पतालमुक्त भएको उनले बताए ।            उनका अनुसार अस्पतालले प्रतिमहीना १ लाख ९५ हजार रुपैयाँका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ । आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरीद गर्दै आएका अस्पतालले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।            मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ ओटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ ओटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ ओटासम्म खपत हुँँदै आएको छ । कोभिडका बिरामी बढ्दै जाँदा अक्सिजनको माग अरु बढ्ने उनले बताए । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने बताएको छ ।            आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।        कोभिड–१९ को सङ्क्रमण बढेसँगै अक्सिजनसमेत थप चाहिने हुँदा दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने तयारीका साथ प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । बिएन्डसी हस्पिटलले प्लान्ट निर्माणमा ५ करोड रुपैयाँ लगानी भइसकेको बताएको छ । हाल अस्पतालले सुनसरीको इटहरीस्थित निजी सप्लायर्सबाट अक्सिजन खरीद गर्दै आएको छ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने बताएको छ ।            हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले हाल प्लान्टको पाइपलाइन जडान कार्य भइरहेको जनाउँदै ६० लाख रुपैयाँको लागतमा अक्सिजनको प्लान्ट जडान गरिने बताए। विर्तामोडको जलकन्या सप्लायर्सबाट हाल अक्सिजनको सिलिण्डर खरीद गरिंदै आएको उनले जानकारी दिए । झापाको मेची प्रादेशिक अस्पताल, विर्तामोडको बिएन्डसी हस्पिटल र भदपुरको ओमसाई पाथिभरा हस्पिटलमा सरकारी स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ । विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले नयाँ भवन निर्माणाधीन रहेको हुँदा सोही भवनमा अक्सिजनको प्लान्ट राखिने बताएको छ । रासस