बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी केन्द्रका गेहेन्द्रप्रसाद ढकालले १८७ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसका सावित्रा गौतमले ९५३ मत,एमालेकी टिकाकुमारी सामशेली मगरले ५९४ मत र माओवादीकी इन्दीरा सुवेदीले १८४ मत मात्रै ल्याएकी छिन्।