विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका– ९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार–पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका– १ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।