अस्ताए रंगकर्मी प्रचण्ड मल्ल

काठमाडौं : ख्यातिप्राप्त रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ।केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।पशुपति आर्यघाटमा मल्लको आज (शुक्रबार) नै अन्तिम संस्कार गरिनेछ। अन्त्येष्टिअघि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखियो।