८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेटको सेवा

रासस। नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष२०७७/७८को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा ८८दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–०३०)लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा कुल जनसंख्या दुईकरोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

सम्बन्धित सामग्री

मोजाम्बिकका दुई तिहाइ नागरिकमा इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसंख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी व्यक्ति इन्टरनेटको पहुँचमा नरहेको मोजाम्बिकको सञ्चारमाध्यम (एआईएम) ले बुधबार जनाएको छ।मोजाम्बिकको सञ्चार नियामक प्राधिकरण (आईएनसीएम) र राष्ट्रिय तथ्यांक कार्यालयले गत साता मोजाम्बिकमा दूरसञ्चार सेवाका प्रयोगकर्ताबारे सार्वजनिक गरेको सर्वेक्षणको नतिजालाई प्रतिवेदनमा उल्लेख गरिएको छ।सर्वेक्षणले मोजाम्बिकको कम क्रय शक्तिको कारण देशमा इन्टरनेट पहुँचको लागत सस्तो नभएको औंल्याएको छ। 'मोजाम्बिकीहरूको जीवनयापनको लागत

नेपालगञ्जका सबै वडा इन्टरनेटको पहुँचमा, वर्ल्डलिंक जडान

नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।

डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी

१० असोज, काठमाडौं । अहिलेको युग डिजिटल युग हो । अहिले अधिकांस मानिसहरु मोबाइल फोन तथा इन्टरनेटको पहुँचमा छन् । डिजिटल प्रविधिले मानिसहरुको जिवनमा ठूलो परिवर्तन ल्याएको छ । घरमै बसेर आफ्नो व्यवसायिक काम गर्न सम्भव भएको छ, भर्चुअल्ली । मानिसहरुको मोबाइल तथा टेलिभिजन जस्ता ग्याजेटमा खर्च गर्ने समय बढिरहेको छ । तर यो डिजिटल […]

गुगलले कहाँबाट खोज्छ सबै कुराको जवाफ ?

१५ चैत, काठमाडौं ।  गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् । तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले सरल तरिकाले जवाफ खोजिदिन्छ । तर गुगलले तपाईका […]

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् । बालबच्चाहरुले इन्टरनेटमा यौनजन्य सामग्रीको धेरै […]

नेपालमा मोबाइल इन्टरनेटको हिस्सा ६५ प्रतिशतभन्दा बढी

काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको पाइएको छ। साउनदेखि चैतसम्मको अवधिमा मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत रहेको पाइएको हो। हालसम्म एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ।

चौरजहारीका सबै माध्यमिक विद्यालय इन्टरनेटको पहुँचमा

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाका सबै माध्यमिक विद्यालयहरू इन्टरनेटको पहुँचमा जोडिएका छन्। प्रविधि मैत्री शिक्षा लागू गर्नको लागि विद्यालयमा इन्टरनेट जोडिएको हो। नगरपालिकाका ११ वटै माध्यमिक विद्यालयमा वल्ड लिंकको इन्टरनेट जोडिएको बताइएको छ। अहिले माध्यमिक विद्यालयमा इन्टरनेट जोडिएको छ। ‘...

इन्टरनेटमा फड्को, ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा

नेपालमा इमेल/इन्टरनेट सेवा सुरु भएको २३ वर्ष पुगेको छ। २३ वर्षको यस अवधिमा यो क्षेत्रमा भएको जति विकास सायदै अन्य कुनै क्षेत्रले हासिल गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्याको ६३.१७ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्। विगत सात वर्षको अवधिमा ५४.४३ प्रतिशतले इन्टरनेट पहुँचमा वृद्धि भएको छ। २०६७ मा इन्टरनेट पहुँच…