बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–१४ घर भई नागार्जुन बस्ने ५६ वर्षीय विष्णु प्रसाद गैरे छन् ।७ लाख ४० हजार बिगो भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ जेठ २७ मा पक्राउ पुर्जी जारी गरेको थियो । असार २३ मा उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपीमाथि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।