डेल्टा भेरिएन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी रहेको इजरायली अधिकारीको चेतावनी

इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल सङ्क्रमितमध्ये ३१ प्रतिशतमा डेल्टा भेरियन्टसँग देखिएको छ । ‘हामीलाई खोपले कतिसम्म काम गर्छ भन्ने ठ्याक्कै थाहा छैन, तर यसको प्रभावकारिता कम देखिएको छ,’ इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले भने । यो खोपले इजरायलमा मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाइरहेको छ । इजर

सम्बन्धित सामग्री

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीव्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ । खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५।८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्यभन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । (रासस–एएफपी)