एनआईबीएल एस क्यापिटलद्वारा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पोखरामा सम्पन्न भएको कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरेका थिए । सो क्रममा धितोपत्र बजारको विभिन्न आयामहरूको बारेमा समेत छलफल भएको थियो ।  कम्पनीले यसअघि पनि प्रदेशस्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिन

सम्बन्धित सामग्री

एनआईबीएल एस क्यापिटलद्वारा अन्तरक्रिया सम्पन्न

काठमाडौं (अस) । एनआईबीएल एस क्यापिटलले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले शुक्रवार प्रदेश १ स्थित बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गरेका थिए । साथै कार्यक्रममा धितोपत्र बजारका विभिन्न आयामका बारेमा समेत छलफल गरिएको थियो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने क्यापिटलले बताएको छ ।