बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसद भट्टराईकाे माग

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहर...

सम्बन्धित सामग्री

आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्ने गरी नयाँ परिपत्र जारी गरेको छ।यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ। विभागका महानि

विभागले सच्यायो परिपत्र : आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता बन्ने

काठमाडौँ- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको ...

जन्मदर्ता बनाउने सम्बन्धमा पञ्जीकरण विभागकाे थप स्पष्टीकरण

काठमाडाैं । गृह मन्त्रालयले बालबालिकाको जन्मदर्ता गर्ने सम्बन्धमा स्पष्ट पारेको छ । यसअघि बुबाको ठेगान नलागेको वा एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थर र ठाउँबाट दर्ता गराउन परिपत्र गरेको गृह मन्त्रालयको आलोचना भएपछि थप प्रष्ट पारेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले परिपत्र गर्दै एकल महिलाबाट जन्मेको बच्चाको स्थायी ठेगाना […]

एकल आमाका सन्तानलाई मावलीकै थर कायम गर्न वडा कार्यालयलाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो । त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको […]

आमाको विकल्पमा मावली

एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो। परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ।