डेंगुको डरलाग्दो प्रकोप, महामारीकै रुप लिन सक्ने

अहिले नै डेंगुको संक्रमण देखिनुले प्रकोपको रूप लिनसक्ने विज्ञको आकलन छ । ‘सामान्यत: काठमाडौं उपत्यकामा दशैं–तिहारको समयपछि डेंगु देखिने गरेको थियो । तर, सन् २०१९ पछि फरक अवस्था देखिएको छ’ डा. पुन भन्छन्, ‘ अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन्छ ।’