जोखिममा विद्यार्थी :  मदिरा पिएर स्कुल बस चलाउँछन् चालकहरू

काठमाडौं : उपत्यकामा विद्यालयका बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गरेको पाइएको छ। विद्यार्थीको सुविधाका लागि विद्यालयले बस सञ्चालनमा ल्याउने गरेका छन्। विद्यार्थीको सुरक्षाका लागि बस सञ्चालनमा ल्याइए पनि बस चालकहरूले मदिरा पिएर सवारी चलाउने गर्दा जोखिम बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मदिरा पिएर सवारी चलाउने ५ चालकलाई नियन्त्रणमा लिएको छ।स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारीसाधनलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत

सम्बन्धित सामग्री

लापसे गरेर स्कुल बस चलाउने चार जना चालक पक्राउ

काठमाडौँ – लागूपदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,बा १६ च ९३ […]

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्ब

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।...

बुटवलमा स्कुल बस दुर्घटना, १० जना घाइते

बुटवलको ज्योतीनगरमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्  । बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  प्रहरी नायव उपरीक्षक  ढगबहादुर केसीले रातोपाटीलाई बताए ।ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले  बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

विद्यालय खुलेकै दिन विद्यार्थी बोकेको गाडीको ब्रेक फेल भएपछि...

विद्यालय खुलेकै दिन रूपन्देहीमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् ।  बुटवल उपमहानगरपालिका–४, एभरेष्ट इङलिस् बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको हो । ज्योतिनगरको ओरालोमा गाडीको ब्रेक फेल भएर गाडी दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बस विद्यार्थी लिएर विद्यालयतर्फ आउँदै थियो ।  चालक कृष्ण पुनले गाडीमा ब्रेक नलागेपछि बसलाई रुखमा ठोक्काएर विद्यार्थी बचाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । घाइते सबै विद्यार्थीको लुम्बिनी प्रादेशिक...

दाङमा विद्यार्थी चढेको बस दुर्घटना, कम्तीमा १० जना घाइते

दाङ – दाङमा भ्रमणमा आएको स्कुल बस दुर्घटना भएको छ। धारपानी मन्दिरको दर्शन गरेर फर्किने क्रममा घोराही उपमहानगरपालिका–३ चौपट्टा ओरालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ओरालोमा ब्रेक फेल भएपछि चालकले बचाउन भित्तामा बस टसाएको र सो क्रममा भएको दुर्घटनामा परी कम्तीमा १० जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख […]

भरतपुर महानगरद्वारा पाँच ओटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान

साउन २८, चितवन । भरतपुर महानगरले महानगरभित्रका पाँचओटा  सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्देश्य सहित उक्त बस हस्तान्तरण गरेको हो ।  बस पाउने विद्यालयहरुमा नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय, भिमनगर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय रहेका छन् । मंगलवार महानगरमा एक कार्यक्रमको आयोजना गरी प्रमुख रेनु दाहालले विद्यालयका अध्यक्ष र प्रध्यानाध्यापक लाई बसको साचो हस्तान्तरण गरेकी थिइन् । महानगरका अनुसार रुट प्रमिट र इन्स्योरेन्स सहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँको खर्चमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्देश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।   स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रविधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै दाहालले महानगरका निजी विद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् । भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको दाहालको भनाइ छ । महानगरमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतको, आंगिक इन्जिनियरिंग कलेज, प्रहरी स्कुल, भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुला विश्वविद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताइन् ।   अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले विद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाइ छ । महानगरले यसअघि पनि सामुदायिक विद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो  भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको शैक्षिक विकाससँगै विद्यार्थी र अभिभावकमा थप उर्जा दिलाउन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको बताए ।  किशोरीहरुलाई साइकल वितरण, लोपउन्मुख र सिमान्तकृत समुदायका बालबालिकाका लागि छात्रवृत्ति प्रदान, द्वन्द्व प्रभावित बालबालिकाका लागि शैक्षिक सहयोग सामग्री प्रदान, अपागंता भएका बालबालिकाका लागि शैक्षिक समग्री लगायतका अन्य सेवा सुविधाहरु महानगरका तर्फबाट प्रदान भएको पौडेलले बताए ।  सरकारी विद्यालयको शैक्षिक विकासका लागि महानगरले गरेको प्रयासको प्रतिफलकै कारण २०७६ मा भन्दा ७७ मा ५ हजार ६०० विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएको उनकोे भनाइ थियो । २०७६ मा आर्थिक वर्षमा ३७ हजार विद्यार्थी रहेकोमा बढेर ४२ हजार ५०० पुगेका उनले बताए । संख्यात्मक वृद्धि मात्रै होईन गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुँदै जाने आफूहरुको अपेक्षा रहेको उनले बताए ।   कम विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने नीति महानगरको रहेको र मर्ज गर्दा विद्यालय आउन समस्या हुने विद्यार्थीहरुका लागि बसले धेरै सहजता दिने उनको भनाइ छ ।

भरतपुर महानगरले दियो ५ सरकारी विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस

स्कुल बस दुर्घटना : चौध विद्यार्थी घाइते

इलाम – स्कुल बस दुर्घटना हुँदा चौध विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापा लगिएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा विद्यार्थी बोकेको स्कुल बस सोमबार दुर्घटना हुँदा सवार १४ विद्यार्थी घाइते भएका हुन् । तीनजना विद्यार्थीको इलाम अस्पतालमा इलाममा उ...

इलाममा स्कुल बस दुर्घटना, १४ विद्यार्थी घाइते

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१ बाघखोरमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान ९ः५० बजे बस दुर्घटना भएको हो। राँकेबाट आशादीप बोर्डिङ स्कुलको विद्यार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ नम्बरको स्कुल बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा रोडबाट कर...