निर्वाचनमा तहअनुसार जिम्मेवारी दिन शिक्षकको माग, आयोग भन्छ : मिल्दैन

काठमाडौं : नेपाल शिक्षक महासंघले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निजामती सेवाको समान तथा तल्लो तहको पदभन्दा तल राखेर जिम्मेवारी दिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ।महासंघले भदौँ ५ गते नै निर्वाचन आयोग नेपाललाई पत्र काटेर यो आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोही अनुसार निर्वाचनमा जिम्मेवारी दिन माग गरिसकेको छ।तर, आयोगले कर्मचारी अपुग भएमात्रै मतदान केन्द्रमा शिक्षकहरुलाई खटाउने भन्ने चर्चा चलेपछि शिक्षकहरु यतिखेर आक्रोशित भएका छन्। उनी