हिमपातपछि खुलेको आकाशमा कपास जस्तो देखियो ‘रारा’

नेपाल भ्रमण वर्ष–२०२० को एक सय गन्तव्यको सूचीमा रारा पनि परेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यतिबेला हिमपातले सेताम्मे कपास जस्तो देखिएको छ । रारा वरिपरिका रूखर बोटबिरुवा हिउँले सेताम्य भएका छन् । हिमपातसँगै चिसो पनि अत्यधिक बढेर मुगुको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण आवत–जावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । तर, पर्यटकहरू भने चिसोको प्रवाह नगरी रारामा हिउँ खेल्न पुगेका छन् ।