काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो ।
विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति ।
‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको एउटा मुख्य पार्टीको नेताले आत्महत्याबारे दिएको अभिव्यक्तिबारे मनोचिकित्सकहरूका तर्फबाट वक्तव्य दिने कि भन्ने विषयमा छलफल भएको थियो,’ छलफलमा सहभागी एक डाक्टरले लोकान्तरसँग भने ।
सामान्यतया राजनीतिक विषयमा छलफल नगर्ने डाक्टरहरूबीच प्रचण्डको अभिव्यक्तिले ...