बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ । कोएन डेस्क र बिबिसी न्यूजको रिपोर्ट अनुसार एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले गल्फ अफ फोनसका नजिकैको ठाउँलाई ‘बिटकोइन सिटी’ बनाउने योजना रहेको बताएका छन् । त्यो शहरमा क्रिप्टो माइनिङ गर्नका लागि जिओथर्मल पावर प्लान्ट पनि बनाइने छ । शहरमा क्यापिटल गेन, पेरोल वा सम्पत्ति कर...

सम्बन्धित सामग्री

बिट्क्वाइन शहर बनाउँदै एल साल्भाडोर

मंसिर ६, सान साल्भाडोर (एल साल्भाडोर) । एल साल्भाडोरले ज्वालामुखी नजिक बिटक्वाइन शहर निर्माण गर्ने योजना बनाएको छ । यसका लागि आवश्यक रकमको जोहो क्रिप्टोकरेन्सीबाटै गरिने यहाँका राष्ट्रपति नायिम बुकेलले शनिवार घोषणा गरेका हुन् । यो शहरमा आवासीय र व्यवसायी क्षेत्र, सेवा, मनोरञ्जन, रेष्टुराँ र एउटा विमानस्थल पनि हुने बताइएको छ । शहरलाई दसक्षण पूर्वी एल साल्भाडोरको कनचागुवा ज्वालामुखी नजिक बनाइनेछ । शहरको निर्माण कार्य २०२२ मा शुरु हुनेछ । यहाँ मूल्य अभिवृद्धि कर बाहेक अन्य कुनै कर लागू हुने छैन ।  जुनमा एल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । तर सेप्टेम्बरमा यहाँका हजारौं जनताले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिँदा अस्थीरता हुन सक्ने भय व्यक्त गर्दै सो कानूनको विरोध गर्दै सडकमा प्रदर्शन गरेका थिए । सरकारले बिट्क्वाइन वालेट पनि लञ्च गरेको छ । एल साल्भाडोरले डिजिटल एसेट पूर्वाधार कम्पनी ब्लकस्ट्रिमसँगको सहकार्यमा बिट्क्वाइन ऋणपत्र जारी गरेर करीब १ अर्ब डलर उठाउने योजना पनि बनाएको छ । यसबाट संकलन भएको आधा रकम बिट्क्वाइन खरीदमा प्रयोग हुनेछ भने बाँकी ५० करोड डलर ऊर्जा र बिट्क्वाइन उत्खनन पूर्वाधारमा लगानी गरिने सरकारले बताएको छ । एजेन्सी