काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताउँदै आएको छ। एमालेको अवरोधका बीच कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेशन पेश गरेका छन्। बैठक […]