काठमाडौँ – यूईएफए नेसन्स लिग फुटबलमा इटालीले इंग्ल्यान्डलाई १-० अन्तरले पराजित गरेको छ। समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे। यस जितसँगै इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ। यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ।