अन्तर्राष्ट्रिय बालअधिकार दिवस : कोरोनाले अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन सुरु

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपाल पनि विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालि...

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी प्रतिवेदन सार्वजनिक

भक्तपुर । सूर्यविनायक नगरपालिकाभित्रका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी विभिन्न समस्याको प्रतिवेदन सार्वजनिक गरिएको छ । औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानवअधिकार समूह सूर्यविनायक नगरपालिकाले विभिन्न ठाउँमा गरेको अन्तरक्रिया र अनुसन्धानका आधारमा पहिचान गरिएको समस्याको शनिवार सार्वजनिक गरिएको छ । सूर्यविनायकमा देखिएका समस्यामध्ये शिक्षातर्फ सामुदायिक विद्यालयमा अनावश्यक शिक्षक संख्या रहेको, शिक्षक भर्ती केन्द्र बनाइएको तर विषय शिक्षकको अभाव रहेको, निःशुल्क शिक्षा भनिए पनि विभिन्न शीर्षकमा विद्यार्थीसँग शुल्क लिएको, कोरोनाले भएको लकडाउनमा अनलाइन कक्षा प्रभावकारी र अनिवार्य नगरिएको, बालअधिकार समूह र मानवअधिकार शिक्षासम्बन्धी विद्यालयमा अध्ययन नगराइएको, विद्यालय अपांगतामैत्री नभएको, खेलकुद, शारीरिक व्यायाम गराउने प्रशिक्षक नभएको, विद्यार्थीका लागि विद्यालयमा हेल्प डेस्कको व्यवस्था नभएको, प्राविधिक शिक्षा पठनपाठनमा व्यवस्था नगरिएको, गरिब–जेहेनदारलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था नभएको समूहका सूर्यविनायकका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । रासस