१० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेडा च्याङ्ग्राको हुलमुल भेटिन्छन् । पोखरामा च्याङ्&zw