काठमाडौं : शीर्ष तीन दलको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य र न्यायपूर्ण बनाउने सहमति भएको छ। मंगलबार बिहान सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा नेपाली कांग्रेस, नेकपा एमलो र माओवादी केन्द्रका नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो। बैठकमा सहभागी नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले टिआरसी र संवैधानिक विधेयकलाई सहमति र सर्वस्वीकार्य बनाउने सहमति भएको जानकारी दिइन्। उनले वैशाख १ गते सिंहदरबारमा बैठक बसेर विषय र प्रक