उपत्यका फोहोर पानी व्यवस्थापनका १० आयोजना: कुनै अन्तिम चरणमा, कुनैको समय लम्बिँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) अन्तर्गतको खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले उपत्यकामा निर्माण गरिरहेका फोहोर पानी व्यवस्थापन आयोजनाहरुको निर्माण ठेकेदार कम्पनीहरुको लापरवाहीका कारण लम्बिने भएका छन् । यो आयोजनाअन्तर्गत काठमाडौं उपत्यकाको फोहोर पानी प्रशोधन केन्द्र र ढल व्यवस्थापन केन्द्र गरी १० स्थानमा निर्माण थालिएको थियो । गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य भने […]

सम्बन्धित सामग्री

फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोविघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जाजरकोटको भेरीमा खानेपानी आयोजना निर्माण गरिँदै

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिक रूपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिए । ‘आयोजना एक वर्षभित्र सक्नेगरी काम भइरहेको छ,’ उनले भने । भेरी कोरिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ । झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ । करीब ३०० घरधुरी रहेको यो ठाउँबाट भेरी नदी बग्छ । नदीको पल्लो छेउमा नयाँ शहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ । जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नुपर्दा हैरान हुने स्थानीय नरबहादुर बस्नेतले बताए । खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमीनमा अपेक्षित उत्पादन हुन सकेको छैन । प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी पानमति विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । ‘फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौं,’ उनले भनिन् । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका श्याम विकले बताए । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौं बिघा जमीन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउँछन् । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सके पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषक बताउँछन् । रासस