उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीको महाधिवेशन जनकपुरमा चलिरहेको छ । महाधिवेशनले अध्यक्षलगायत करिब २ सय जना रहने केन्द्रीय कार्यसमिति चुन्दै छ । तर महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनु हुँदैन । समसामयिक राजनीतिक विषय र आफ्नो पार्टीले विगत ५ वर्षमा कुन विषयमा कस्तो निर्णय लियो, त्यो निर्णयले पार्टीलाई फाइदा गर्यो कि गरेन ?