पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् । केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । वैदिक