पूर्वका उद्योगी/व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई पत्र लेखेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटले दिएको सुविधा प्रयोग गर्न नपाएकाले सुविधा प्रयोग गर्ने व्यवस्था गरिदिनु पत्र लेखेका हुन् ।चालू वर्षको आर्थिक अध्यादेशले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनीहरुलाई सुविधा दिएको थियो । अध्यादेशमा त्यस्ता कम्पनी तथा फर्महरुले २०७८ को असोज मसान्तसम्ममा विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाए बाँकी शुल्क तथा जरिवाना मिनाहा दि