काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन स्थित मालपोत कार्यालय चनौलीका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ। मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्धा दायर गरेको हो। अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत […]