छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, आज कोरोना संक्रमित ५५ जनाको एकै दिन मृत्यु भएको छ भने  १ हजार ७७५ जना डिस्चार्ज भएका छन् ।


काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बिएको छ । अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए । उ


निजी अस्पतालहरूले कोभिडका बिरामीको शुल्क ३० हजार रुपैयाँसम्म लिन थालेका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सूचना नै निकालेर शुल्क निर्धारण गरेको छ । केएमसीले कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार रुपैयाँ कायम गरेको छ ।


सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लाइन लागेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेसँगै भिड बढेको हो । 


प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउने निर्णय गरेको छ । यता, नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  २७ वैशाखका लागि संसद्को प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् ।


बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर– ६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय डम्बर भण्डारी, ४० वर्षीय दीपक भण्डारी र २७ वर्षीय हिक्मत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए । 


केही खेलाडीलाई समेत कोरोना संक्रमण भएपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अनिश्चित कालका लागि स्थगित गरिएको छ । खेलार्डी र कर्मचारीको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरिने उल्लेख गर्दै जारी आईपीएल स्थगित गरिएको बीसीसीआईले जनाएको छ ।


ट्विटरले अभिनेत्री कंगना रनौतको अकाउन्ट सस्पेन्ड गरेको छ। पश्चिम बंगालमा भएको हिंसाप्रति मंगलवार कंगनाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनको अकाउन्टमा तीस लाख बढी फलोअर रहेको थियो।


कोरोना भाइरसको महामारी बढेसँगै श्रीलंकाले सोमबारदेखि दुई साताका लागि हवाई यात्रामा थप कडाइ गरेको छ ।श्रीलंकाली हवाई उड्डयन प्राधिकरणले नयाँ नियमअनुसार हवाई यात्रा गर्दा विमानले एक पटकमा ७५ जनाभन्दा बढी यात्रु बोक्न नपाइने जनाएको छ ।


संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहेपनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ ।


बिल गेट्स र मेलिन्डा गेट्सले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाह गरेको २७ वर्षपछि दुवैले दम्पतीका रुपमा अब सँगै बस्न नसक्ने उल्लेख गर्दै सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । 


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक