छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

आज देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ। आज २ हजार २१ जना संक्रमण मुक्त भएका छन् भने ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।


उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्नेमाथि अनुगमन, कारबाही र नियमन गर्न गृहमन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सांसदबाट पदमुक्त भएका कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई समेटेर दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। 


सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि पौडेल र यादवलाई राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

भयावह बन्दै कोरोना: यस्तो छ आजको कोरोनासम्बन्धित सम्पूर्ण गतिविधिहरू

कोरोनाको दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि गरिरहेका छन्। यहिबीच उपत्यका छाड्नेको संख्या बढ्दो छ, पछिल्लो दुई दिनमा मात्र १ लाखले उपत्यका छाडीसकेका छन्। खोप लिनेहरूको लाम पनि उस्तै बढ्दो छ। यता अक्सिजन अभावको हल्ला फैलिरहँदा सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाइरहेको छ।

छोटकरी सम्पादक