एकीकृत समाजवादीको हुम्ला अध्यक्षमा शर्मा

सिमकोट– एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) हुम्लाको जिल्ला अध्यक्षमा शिवराम शर्मा चयन भएका छन्। पार्टी विभाजनअघि एमालेको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शर्मा नेकपा (एस)को अध्यक्षमा चयन भएका हुन्। शर्माले आफ्नो अध्यक्षतामा चार जना पदाधिकारी चयन गरी जिल्ला कमिटी गठन गरिएको जानकारी दिए। यस्तै उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई […]

सम्बन्धित सामग्री

हुम्ला प्रदेश सभा (१) मा माओवादीका परियार निर्वाचित

हुम्ला - हुम्ला प्रदेश सभा (१) बाट बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार छ हजार चार सय ८१ मतसहित विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्नुभएको हो ।  शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने नेकपा (एकीकृत समाजवादी) का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गर्नुभयो ।

जिसस हुम्ला प्रमुखमा शर्मा

सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उमेदवार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का शिवराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज तोकिएको निर्वाचनका लागि नेकपा (एमाले)लगायत अरू दलका तर्फबाट उमेदवारी नपरेपछि गठबन्धनका उमेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्वाचित पदाधिकारीले आजै पद...

जिसस प्रमुखमा एकीकृत समाजवादीका शर्माको उम्मेदवारी घोषणा

सिमकोट – जिल्ला समन्वय समितिका पदाधिकारीका हुने निर्वाचनमा तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेअनुुसार नेकपा एकीकृत समाजवादीका शिवराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। जिसस निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुँदा जिससको प्रमुख पद एकीकृत समाजवादीलाई परेको थियो। एकीकृत समाजवादी केन्द्रीय सदस्य र हुम्ला जिल्लाका अध्यक्षसमेत रहेका […]

हुम्ला जिससमा गठबन्धन : प्रमुखमा समाजवादी र उपप्रमुखमा माओवादी

हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने सहमति गरेका छन् ।  शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशस्तरीय संयन्त्रले गठबन्धन गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादी तथा उपप्रमुखमा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ । नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले दिएको जानकारीअनुसार माओवादी केन्द्रको भागमा उपप्रमुखसहित एक खुल्ला सदस्य, एक दलित सदस्य, दुई महिला सदस्य तथा काँग्रेसको भाग

हुम्ला खार्पुनाथको मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि काँग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ । झडप भएसँगै मतदान […]

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच तालमेल

१४ वैशाख, हुम्ला । नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् […]

जीवनबहादुर शाही : पाइलटदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्म

सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ ।  हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ।२०७४ सालको चु...

हुम्लामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेकपा एकिकृत समाजवादी हुम्लाको सदरमुकाम सिमकोटमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकिकृत समाजवादीको हुम्ला जिल्लामा...

कर्णाली प्रदेशमा ३४२ जनाले रोजे समाजवादी

सुर्खेत– कर्णाली प्रदेशमा ३४२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी (एस) पार्टी रोजेका छन् ।३ जना प्रदेशसभा सदस्य र ३३९ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एमाले छोडेर एस पार्टीको पक्षमा सनाखत गराएका हुन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार रुकुम ३, सल्यान ६४, डोल्पा ४२, जुम्मा ४४, मुगु २८, हुम्ला ५, कालिकोट ६५, जाजरकोट १०, दैलेख […]