छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ। २४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको बताएको छ । मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको हुँदा सबैलाइ संवेदनशील हुन हार्दिक अनुरोध गरेको छ ।


कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि केपी शर्मा ‌ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले ११ बुँदे माग राखेका छन् ।


चितवनका ठूला अस्पतालमा १५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जिल्लामा रहेका ८३५ जना सक्रिय संक्रमितमध्ये लक्षण देखिएकालाई मात्र अस्पतालमा भर्ना गरिएको छ।


सरकारले अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाए पनि सडकमा गाडीको चाप देखिन थालेको छ। आफ्नो व्यवसाय बन्द गरेर सडकमा गुडेका गाडी टुलुटुलु हेरेर बस्नु परेको भन्दै यातायात व्यवसायीहरूले आक्रोश व्यक्त गर्न थालेका छन्।


कोरोना संक्रमितका लागि बेडको हाहाकार हुने अवस्था आए पाटन र वीर अस्तपताले कोरोना संक्रमितका लागि मात्र उपचार गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको छ। 


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्।


‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट अन्दाजी एक किलोमिटर इटाली बेस क्याम्पतर्फ नाइनएन एसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


कोरोनाको बढ्दो महामारीपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै क्रिकेटका गतिविधि सबै अनिश्चित कालका लागि स्थगित हुने भएका छन्।


 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय सच्याएर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । १० वैशाखमा गरिएको कार्यविभाजन सम्बन्धी निर्णय सच्याएर १३ वैशाखमा अपानि जारी गरिएको छ ।


बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो ।


भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् ।


 इजरायलमा यहुदीहरुको ल्याग बुमर पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । ३८ घाइते गम्भीर अवस्थामा छन् भने ५९ जना घाइते भएका छन् । तर, भागदौडमा कम्तीमा ४४ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएका छन् ।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

भयावह बन्दै कोरोना: यस्तो छ आजको कोरोनासम्बन्धित सम्पूर्ण गतिविधिहरू

कोरोनाको दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि गरिरहेका छन्। यहिबीच उपत्यका छाड्नेको संख्या बढ्दो छ, पछिल्लो दुई दिनमा मात्र १ लाखले उपत्यका छाडीसकेका छन्। खोप लिनेहरूको लाम पनि उस्तै बढ्दो छ। यता अक्सिजन अभावको हल्ला फैलिरहँदा सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाइरहेको छ।

छोटकरी सम्पादक