आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।