सर्वोच्चको आदेशविरूद्ध बुटवलमा युवा संघको प्रदर्शन

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको आदेशको विरोधमा युवा संघ नेपालले बुटवलमा प्रदर्शन गरेको छ ।  उनीहरूले ‘अदातलको आदेश मान्दैनौं, गैर संवैधानिक परमादेश खारेज गर्न माग गर’ भन्दै राजमार्ग चौराहामा प्रदर्शनमा उत्रिएका हुन् ।   सो अवसरमा बोल्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले देशलाई अस्थिरतातर्फ धकेल्ने गरी सर्वोच्चको आदेश आएको भन्दै स्वीकार्य नभएको बताए ।  त्यस्तै अनेरास्ववियूका रुपन्देही संयोजक साजन भण्डारीले देश फेर...