छोटकरीमा : आज - २०७८ वैशाख १३, सोमबार

कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै सरकारले देशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारि गर्ने बताउँदै मुलुकभरका सबै विद्यालय बन्द गर्नेनिर्णय गरेको छ। सरकारले कोरोनाको दोस्रो लहरको रोकथामको लागि यियास्ता निर्णयहरू गरेको छ,

 कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


 वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । यसको साथै काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको छ ।


 कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सबै बन्द हुने भएका छन् ।


सरकारले तत्काल आन्तरिक उडान नरोक्ने भएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकमा हवाई उडान रोक्नेबारे कुनै निर्णय भएको छैन ।


कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताएका छन् । उनले यसतर्फ सरकार बेलैमा गम्भीर नहुँदा खोपको समुचित व्यवस्था हुन सकेको बताएका छन् ।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

भयावह बन्दै कोरोना: यस्तो छ आजको कोरोनासम्बन्धित सम्पूर्ण गतिविधिहरू

कोरोनाको दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि गरिरहेका छन्। यहिबीच उपत्यका छाड्नेको संख्या बढ्दो छ, पछिल्लो दुई दिनमा मात्र १ लाखले उपत्यका छाडीसकेका छन्। खोप लिनेहरूको लाम पनि उस्तै बढ्दो छ। यता अक्सिजन अभावको हल्ला फैलिरहँदा सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाइरहेको छ।

छोटकरी सम्पादक