कात्तिक २ गते आएको अविरल वर्षाका कारण धरानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै सेउती र सर्दू खोलामा आएको बाढीले भौतिक संरचनाहरुमा क्षति पुगेको छ । वडा नं. १३ नागेश्वर मार्गमा पहिरोले घर पुरिँदा २ जना बच्चाको मृत्यु भएको छ ।धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, ईलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका डीएसपी कृष्णकुमार श्रेष्ठ र इञ्जिनियरसहितको टोलीले वर्षा र बाढीले पुर्याएको क्षतिबारे बुधबार स्थलगत अनुगमन गरेका छन् ।उपमहानगरपालिकाको वडा नं. ११ स्थित वनडाँडामा ब