पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ।मजुवापाखा कबुलीयती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन्। तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन्। कारण हो- दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा।सीमा गोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकहरूले २०७४ सालदेखि अलैँची खेती गर्न शुरु गरेका हुन्। उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन्।यस वर्ष अलैँचीले उत्