स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितिमा कार्यविभाजन गरिएको हो ।जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । यस्तै, राज्यमन्त्रीले मन्त्रालय अन्तर्गतका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विष