काठमाडौँ विश्वविद्यालयमा योग शिक्षा अध्यापन सुरु

काठमाडौँ विश्वविद्यालयले स्नातक तहको चार वर्षे कोर्समा योगसम्बन्धी पठनपाठन सुरु गरेको छ । ‘स्कूल अफ आर्ट्स र स्कूल अफ मेडिकल साइन्सेज’ले संयुक्तरुपमा ‘योगिक साइन्स र वेलविइङ’ विषय सुरु गरेको हो । उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकबाट अध्यापन हुने यो कोर्सको सबै व्यवस्थापन स्कूल अफ आर्टस्ले गरेको विश्वविद्यालयले जनाएको छ । अन्तर्राष्ट्रियरुपमै विश्वविद्यालय तहमा योगको अध्यापन …