लकडाउनको एक वर्ष: सवा ३ खर्ब रुपैयाँको क्षति, पुनरुत्थानलाई साढे ६ खर्ब आवश्यक

एक वर्षअघि आजकै दिन कोभिड–१९ संक्रमणका केही बिरामीहरू पुष्टी हुन थालेपछि सरकारले देशव्यापी ‘लकडाउन’ अर्थात् बन्दाबन्दी लागू गरेको थियो । यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस सङ्क्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गयो। लकडाउन सुरु भएको एक वर्षमा नेपालमा के कस्तो असर देखियो त?

सीमा नाकाबाट आवतजावत र हवाइ उडान खोल्ने क्रम साउनपछि शुरु भएको हो । अझै छिमेकी भारतसँगको दुईतर्फ हवाई सेवा मंसीरदेखि मात्र सुचारु भएको हो । 


पछिल्ला केही वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर लगातार झन्डै सात प्रतिशतको हाराहारीमा उक्लिरहेको थियो। अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो।


नेपालमा दशैँ ताका कोभिड महामारीको पहिलो लहरको उच्च विन्दु पुगेको थियो। त्यतिखेर एकातिर १५ लाख मानिसहरूले रोजगारी गुमाएको हुनसक्ने विवरण आएका थिए भने अर्कोतिर भारतबाट विभिन्न दुखकष्ट झेलेर देश फर्किएका मानिसहरू यहाँ काम नपाएर फेरि लर्को लागेर भारततिरै गइरहेका दृश्य सञ्चारमाध्यममा छरपस्ट भएका थिए।


प्रत्यक्ष साढे चार लाख अनि अप्रत्यक्षसमेत गरी ११ लाख मानिस आश्रित पर्यटन क्षेत्र धराशायी जस्तै भएको छ।पर्यटनमा आश्रित उद्योगव्यवसाय आन्तरिक पर्यटकहरूका भरमा जेनतेन चलिरहेका छन्।


रोजगारीका निम्ति विदेश जाने नेपालीहरूको सङ्ख्यासमेत घटिरहेको छ। केन्द्रीय ब्याङ्कका अनुसार विगत सात महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या तीन चौथाइले घटेको छ।


अहिले पुनः कोभिड–१९ संक्रमणको दोस्रो लहर शुरु भएको छ । भारतमा दोस्रो लहर देखापरेकाले थप सतर्कता अपनाउनुपर्ने भएको छ । यसअघिसम्म नेपालले थोरै मानवीय क्षतिमा कोभिड–१९ को संकटको सामना गरेको भएपनि सतर्क भएर स्वास्थ्य सुरक्षाका उपाय अपनाइएन भने अवस्था भयावह हुनसक्ने अड्कलबाजीहरू भइरेहको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।