जसपाबाट फुटेर केही महिनाअघि मात्रै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमध्ये केही स्थानीय तहमा भने एमाले र जसपासँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । लोसपाले उम्मेदवारी दिएका अधिकांश स्थानीय तह मधेसका रहेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि निर्वाचन आयोगले वैशाख १६ गते दाबी विरोधलगायतको प्रक्रिया पुरा गरेर शुक्रबार अन्तिम नामावली
काठमाडौं : मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रोपटक हुन लागेको स्थानीय तह निर्वाचनमा देशभरिमा मनोनयन दर्तासँगै चुनावी माहोल बनेको छ।निर्वाचन आयोगले ६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता गराएसँगै देश निर्वाचनमय बनेको हो।सोमबार साँझ ५ बजेसम्म आयोगले मनोनयन दर्ताको समय दिएको भए पनि अबेरसम्म नै मनोनयन दर्ता गर्नेको लर्को लागेको थियो। राति अबेरसम्म मनोनयन दर्ता भएपछि निर्वाचन आयोगको मनोनयन दर्ता गर्नेको संख्या अझै रुजु कार्य लम्बिएको छ। आयोगले मंगलबार ब
स्थानीय तह निर्वाचनका लागि सल्यानमा १६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो ।
तीन...
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको
११ वैशाख, बागलुङ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज बागलुङका चारवटा स्थानीय तहमा कसैले पनि मनोनयन दर्ता गरेनन् । अन्य ६ स्थानीय तहमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । बागलुङको गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, तराखोला गाउँपालिका र बरेङ गाउँपलिकामा एउटा पनि मनोनयन दर्ता […]
११ वैशाख, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् […]
काठमाडौं : आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार
दाङ– स्थानीय तह निर्वाचनको लागि दाङमा मनोनयन दर्ताको तयारी पूरा भएको छ। आइतबार र सोमबार दुई दिन मनोनयन दर्ता गरिँदैछ। दाङसहित देशभरका ७५३ स्थानीय तहमा निर्वाचनका लागि मनोनयन दर्ता गर्न थालिएको हो। स्थानीय पालिकामा खुलेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था गरिएको छ। मनोनयन दर्ताको लागि अधिकांश राजनीतिक दलले शनिबार मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालयबाट […]
स्थानीय निर्वाचनको तयारी अन्तिम चरणम
आसन्न स्थानीय तह निर्वाचनका लागि देशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ११ र १२ वैशाखमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । त्यसअगाडि ती...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य