खुवालुङ फुटाउने कुनै निर्णय नभएको मुख्यमन्त्री राई दाबी

सरकारले सप्तकोसीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसको विवाद केही सातादेखि चर्किएको छ । यसै विवादबीच किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताएको छ ।

फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरेपछि यो चर्चा र विवादको विषय बन्न पुगेको हो ।

विवाद चर्किएसँगै खुवालुङ बचाउ अभियान पनि चलेको छ । 


यसअघि पनि जेटबोटबाट दुधकोसी नदीको दोलालघाटसम्म पुग्नका लागि बाधा दिने खुवालुङसहित नदीको बीचबीचमा भएका अन्य ढुङ्गाहरु पनि फुटाउनु पर्ने प्रयास जेटबोट संचालकहरुले गर्दै आएका थिए ।


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ विवाद अनावश्यक रुपमा निकालिएको बताए । उनले किराती मुन्दुम र संस्कृतिसँग जोडिएको खुवालुङको सम्बन्धमा विवादको विषय नै नभएको बेला केही फुर्सदिलाहरुले अनावश्यक विवाद झिकेको बताएका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।