कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको जनसंख्या घट्दै गएको भेटिएको हो । गत माघ महिनायता १० जनाको मृत्यु भएको बताइएको छ । लोपोन्मुख अवस्थामा रहेका राउटेको चिसोका कारणले मृत्यु भएको अनुमान गरिएको छ ।
राउटे समुदायमा मदिरा सेवन ठूलो समस्या बन्दै गएको छ । महिला र पुरुष दुवैमा मदिराको लत रहेको अभियन्ताहरू बताउँछन् । मदिरा सेवन छुटाउन अनेक प्रयास गर्दा पनि नसकेपछि कर्णाली प्रदेश सरकारले प्रहरी परिचालन नै गर्ने तयारी गरेको छ ।