एमाले रौतहट जिल्ला सदस्य यादव माओवादीमा प्रवेश

नेकपा एमाले जिल्ला कमिटी रौतहटका सदस्य अरविन्द यादव माओवादी पार्टीमा प्रवेश गरेका छन् ।  मंगलबार जनकपुरमा आयोजित एक समारोहका बीच यादव एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । यादवसँगै उनका झन्डै एक दर्जन समर्थकहरु पनि माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई माओवादी अध्यक्ष प्रचण्डले टीका लगाई स्वागत गरेका थिए ।फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका दावेदार समेत रहेका यादवले एमालेका केही स्थानीय नेताहरूले षड्यन्त्र गरि नगर अधिवेशनमा आफुहरुको बेवास्ता गरेका कारण एमाले त्यागेर माओवादीम