नर्भिक अस्पतालले कांग्रेस नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ ।
केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको जनाएको हो।
हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो ।