गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दिपक रिसालले नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा गरे।
२५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर खेलकुद विकास समितिको आयोजना तथा इष्टपोल उच्च माविको व्यवस्थापनमा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप २०७९) यही फागुन २७ र २८ गते हुने भएको छ । तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय […]
गठेमंगल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा मंगलबार गोकर्णेश्वर नगरपालिका–४ भैरवचौरमा नर्कटबाट बनाइएको घण्टाकर्णको प्रतीक बनाएर उम्भाई जगात् माग्दै स्थानीय । तस्बिर : रासस
गोकर्णेश्वर नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ १४२८ मत प्राप्त गरी विजयी भएका छन् । विजयी उम्मेदवार श्रेष्ठले काँग्रेसका राम मानन्धरलाई ४९८ मतान्तरले हराएका छन्। निवर्तमान वडा अध्यक्ष मानन्धरले मात्र ९३९ मत प्राप्त गरेका थिए। २०७४ सालको स्थानीय चुनावमा वडा नं १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएकोमा यसपटक भने निर्वाचनको सो परिणाम उल्टिएर एमालेको पोल्टामा परेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा भने १ नं वडामा एमालेको प्यानल नै विजयी भएको छ ।ग
काठमाडौ– जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ । यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ । तर, […]
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी …
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनारायण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महान