नवविवाहित युवतीको मृत्यु, दाइजोको निहुँमा हत्या गरेको माइतीको आरोप

रौतहट : वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ ।जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्।मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो