थ्री स्टार र मनाङले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएकाे खेलमा थ्री स्टारका सन्तोष साहुखलले ७८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि त्यसकाे छ मिनेटपछि नै मनाङले गोल फर्काएर खेल बराबरीमा ल्यायो । मनाङका लागि काेफी काेउडुले गाेल गरे । जितसँगै मनाङ ७ खेलमा १५ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा कायमै छ । थ्री स्टार उति नै खेलमा ११ अङ्कसहित छैटाैँ स्थानमा छ ।

सम्बन्धित सामग्री

सङ्कटा विजयी हुँदा थ्री स्टार र एनआरटीले बराबरी खेले

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे । उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औँ मिनेटमा युसेफले व्यक्तिगत …

ए डिभिजन लिगमा पुलिस र थ्री स्टारले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज बुधवार भएकाे खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलकाे २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक–शून्यको अग्रता दिलाए ।  पहिलाे हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयाे । दाेस्राे हाफकाे खेल सुरु भएकाे ५३ मिनेटमै सुमन सुवेदीले गाेल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।    ...