संयुक्त राष्ट्रसंघले यमनको कारागारमा भएको हवाई हमलाको निन्दा गरेको छ। हमलामा परी ७० जना मानिसको ज्यान गएको थियो।
यमनको उत्तर पश्चिमी भेगको रहेको सादा भन्ने स्थानमा हवाई आक्रमण भएको हो जुन क्षेत्र हुथी विद्रोहीको केन्द्रका रुपमा स्थापित छ। राष्ट्रसंघका महासचिव एन्थेनियो गुटेरसले वक्तव्य जारी गर्दै बढ्दो तनाव रोक्न आग्रह गरेका…