भारतले किन बेवास्ता गर्दैछ किसान आन्दोलनलाई ?

भारतमा सरकारले ल्याएको कृषि कानुनको विरोधमा भएको किसान आन्दोलनले शनिबार एक सय दिन पूरा गरेको छ।तर, सरकार भने किसानको माग सम्बोधन गर्ने मामिलामा उदासीन देखिएको छ ।

सय दिन पूरा भएको अवसरमा किसानहरुले राजधानी सहर नयाँ दिल्लीका प्रमुख सडक ठप्प पारेर प्रदर्शन गरेका हुन्।


किसानले निरन्तर आन्दोलन गरिरहे पनि कानुन सही भएको भन्दै सरकारले माग सम्बोधन गर्न नसकिने बताउँदै आएको छ । त्यसका साथै भारतले किसान आन्दोलनको समर्थन गर्नेहरुलाई चेतावनी दिने तथा पक्राउ गर्नेजस्ता काम पनि गर्दै आएको छ ।


किसानहरूको संस्था संयुक्त किसान मोर्चाको तथ्यांकअनुसार आन्दोलनमा सहभागी हुने क्रममा अहिलेसम्म दुई सय ४८ जना किसानको मृत्यु भएको छ । 


किसान आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाइरहेको अवस्थामा सरकारले भने आन्दोलनलाई दबाएरै छाड्ने तर कृषि कानुनबारे पछि नहट्ने नीति लिएको छ । विभिन्न चरणमा भएको वार्तामा पनि सरकारले किसानलाई तत्काल आन्दोलन फिर्ता लिन भनेको छ तर कानुन भने केही समयपछि कार्यान्वयनमा ल्याउने नीति अंगीकार गरेको छ । साथै सरकारले निरन्तर किसानको पक्षमा उठ्ने आवाजको पनि विरोध गर्दै आएको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।